Birat Post बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ कात्तिक ।   कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिँदैछन्।
असोज २८ गते घटस्थापनाका दिन मुख्यमन्त्रीको शपथग्रहण गरेका कार्कीले तीन दिनपछि आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बहुमत पुर्‍याएर मुख्यमन्त्री बनेका कार्कीले प्रदेशमा कम समयमा विश्वासको मत लिने भएका हुन्।

विश्वासको मतका लागि ३० दिनको समयसीमा रहँदै गर्दासमेत कम समयमै विश्वासको मत लिन कार्की तयार भएका छन्। उनले चाडपर्वले घेरिसकेको अवस्थामा सबै दलले साथ दिइरहँदा यसलाई समेत टुंगोमा पुर्‍याउनुपर्ने देखिएको बताए।

विश्वासको मत लिएर प्रदेशलाई चलायमान बनाउन चाडै विश्वासको मत लिन लागेको मुख्यमन्त्री कार्कीको भनाइ छ।

कांग्रेसबाट ८ र एमालेबाट ३९ जनाको समर्थनसहित मुख्यमन्त्री भएका कार्कीलाई गठबन्धनबाट समेत समर्थन रहनेछन्। १३ प्रदेशसभा सदस्य रहेको नेकपा माओवादीको प्रदेश कमिटीले समेत कार्कीलाई समर्थन गरे पनि संसदीय दलले भने मंगलबारमात्र समर्थन जनाएको छ।

माओवादी संसदीय दलको नेतामा इन्द्र आंग्बो रहेका छन्, उनी मुख्यमन्त्रीका अर्का दाबेदार रहेका थिए। अर्कोतर्फ ४ सिट रहेको नेकपा एकीकृत समाजवादीले कार्कीलाई विश्वासको मत दिने भएको छ। अघिल्लोपटक समेत मौन बसेको राप्रपा भने यसपटक पनि तटस्थ बस्ने भएको छ।

एमालेको समर्थन पाएका कार्कीलाई केन्द्रीय गठबन्धनमा तीन शीर्षस्त नेताबीचको सहमतिले समस्या हुन सक्ने आंकलन भने रहेको छ। कार्कीले हाल मुख्यमन्त्रीसहित दुई विना विभागीय मन्त्रालयको मन्त्रीपरिषद् गठन गरेका छन्।

जसमा इलामबाट कांग्रेसका शमशेर राई र नेकपा एमालेका संसदीय दलका उपनेता राम राना रहेका छन्। कार्कीले विश्वासको मत हासिल गरेपछि मन्त्रिपरिषद् पनि विस्तार गर्नेछन्।

कार्कीले दलीय गठबन्धनको विपक्षमा कांग्रेसभित्रका ८ सदस्य लिएर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल