Birat Post सोमबार, आश्विन २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ असोज । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँग छलफल गरी कार्कीले काम गर्दा आफैलाई सन्तुष्टि मिलेको छ कि छैन् आत्मसात गरिनुपर्ने बताए ।

कार्कीले भने,“अब स्थायी सरकार बनेको छ । तपाइँहरु ढुक्क भए काम गर्नुहोस । मन्त्री आउने जाने भइरहन्छ तर कर्मचारी मन्त्रीको होइन जनताको भएर काम गर्नुपर्छ ।” मुख्यमन्त्री कार्कीले सुशासन दिन सरकारले सम्झौता नगर्ने बताउँदै जनतालाई शासन होइन सेवा दिन राजनीतिकर्मी र कर्मचारी उत्तिकै जिम्मेवार हुनुपर्ने बताए ।

मन्त्रीसँगै जनताले कर्मचारीलाई पनि गाली गर्छन भन्दै मन्त्रीले कर्मचारी र कर्मचारीले नेतालाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । “मन्त्रीलाई पनि जिम्मेवार बनाउनु पर्छ । अब सुन्ने मात्र होइन निकास दिनुपर्छ । जनताको अख्तियारीलाई सही सदुपयोग गर्नुपर्छ,”उनले भने,“आफूले गरेको काम सन्तुष्ट हुने गरी गर्नुहोस । जनतलााई खुसी बनाउन सहकार्य गरौं ।” कार्कीले बजेट बनाउँदा खुद्रा भन्दा पनि प्रदेशस्तरको काम गर्ने गरी तयार गरिनु पर्नेमा जोड दिए ।

छलफलमा सहभागी विभिन्न मन्त्रालयका सचिवले सम्बन्धित मन्त्रालयबाट हुँदै आएका काम र समस्याबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।

 

सम्बन्धित

ताजा अपडेट
बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले आगलागी बढ्ने प्रक्षेपण, सचेत हुन आग्रह
मोरङमा हिसान खेल सप्ताह : कुन-कुन क्याम्पस भए विजयी ?
बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव, शैक्षिक परामर्शदेखि पर्यटन वर्ष २०८२ को समेत प्रचार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल