Birat Post सोमबार, आश्विन २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२२ असोज । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक वर्ष पनि नबित्दै प्रदेश सरकार मध्यावधितर्फ जाने बताएका छन्।

नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले प्रदेश प्रमुखले दिएको समयसीमामा नयाँ सरकार बनाउनेतर्फ सबैको ध्यान रहेको प्रस्टाएका हुन्।

पूर्वमुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ को प्रक्रियालाई मध्यावधिको रूपमा लिएको बताउँछन्। उनले भने, ‘संविधानको धारा १६८ को उपधारा ५ बाट तत्काल निकासले निस्किएला तर ढिलोचाँडो प्रदेश निर्वाचनमा जानेछ। मैले उपधारा ५ मा प्रदेश सरकार जानुलाई चुनावमा जानु भनेर बुझेको छु। अहिलेको अवस्थामा ६र८ महिनापछि प्रदेश चुनावमै जानेछ। निर्वाचनमा जाने वातावरण माओवादी, कांग्रेसले नै बनाएको छ।’

प्रदेश सरकारका लागि प्रदेश प्रमुख परशुराम खापुंगले संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत प्रक्रिया अघि बढाएका छन्। राजनीतिक दलहरूबीच सहमति बन्न नसक्दा प्रदेश प्रमुख खापुंगले नयाँ सरकारको दाबीका लागि दलहरूलाई असोज २६ गते बेलुका ५ बजेसम्मको समय तोकेका छन्। पूर्वमुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले दिएको समयसीमामा नयाँ सरकार बनाउनेतर्फ सबैको ध्यान रहेको प्रस्टाए।

आउँदो सरकारको नेतृत्वको लागि एमालेको दावी नरहने उनको भनाइ छ। पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘एमालेले सरकार गठनको दाबी गर्दैन। अहिलेको अवस्थामा कांग्रेससँग राजनीतिमा सहमति गर्नका लागि एमाले खुला रहेको छ। कांग्रेसलाई सहमतिका लागि ढोका खुल्ला छ।’

प्रदेशको राजनीति घटनाक्रमले नागरिकमा समेत वितृष्णा उत्पन्न हुन थालेको बताउँदै उनले दलहरूले सुझबुझसहित निर्णय गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्छन्।

पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘पछिल्लो केही महिनाको प्रदेशको राजनीतिले नागरिकमा समेत अर्कै सन्देश प्रवाह भएको छ। हामी त्यसलाई सच्चाउन चाहान्छौं। त्यसका लागि एमाले कांग्रेससँग मिलेर सहकार्यमा सरकार अघि बढाउन तयार रहेको छ। यसका लागि पार्टीले संस्थागत रूपमा तोकिएको व्यक्तिलाई एमालेले छान्नेछ। पार्टीलाई छाडेर व्यक्तिगत रूपमा साथ दिन सकिने छैन।’

कांग्रेससमक्ष सहकार्यका लागि खुला रहेको बताउँदै उनले कांग्रेसले साथ नदिए माओवादीसँग पनि विकल्प यथावत रहेको उल्लेख गरे। पूर्वमुख्यमन्त्री कार्कीले भने, ‘सहमतिय सरकारका लागि कांग्रेससँग एमाले तयार रहेको छ। कांग्रेसले सहमति गर्न नचाहे त्यो विकल्प माओवादीसँग पनि खुला रहेको छ।’

गत वर्ष प्रदेशपछि पहिलोपटक मुख्यमन्त्री कार्की नेतृत्वमा सरकार गठन भएको थियो। सो क्रममा एमालेलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र जनता समाजवादी पार्टी ९जसपा०को साथ रहेको थियो। तर राजनीतिक उथलपुथलसँगै जेठमा जसपा र माओवादीले सरकार छाडेपछि प्रदेशमा अस्थिरता हुँदै आएको छ।

कार्कीले भदौ २२ गते पुन: सरकार गठनका लागि दावी गर्न विश्वासको मत हासिल गर्ने अवसर पाएका थिए। तर दोस्रोपटक मुख्यमन्त्री भएका उनले निर्धारित ३० दिनको समयसीमाभित्र विश्वासको मत हासिल गर्न नसक्दा प्रदेश सरकार संविधानको धारा १६८ को उपधारा ५ तर्फअघि बढेको हो।

यसबीच कांग्रेसबाट कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले समेत विश्वासको मत हासिल गरी सरकार चलाउने अवसर पाएका थिए। दलहरूबीच अंकगणित मिल्न नसक्दा थापाले समेत विश्वासको मत जोड्न सकेनन्। कोशी प्रदेशमा ९३ सदस्य रहेका छन्, जसमा उपसभामुखसहित एमाले ४०, नेपाली कांग्रेस २९, नेकपा माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जसपाको १ सिट रहेको छ। प्रदेश सरकार गठन गर्न ४७ सिटको आवश्यकता रहेको छ।

सम्बन्धित

ताजा अपडेट
प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
उपनिर्वाचनका दिन सवारी चलाए २५ हजार जरिवाना
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल