विराटनगर ,१५ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाले किस्तीमा भोट छ,लाउ भन्दै नहिड्ने बताएका छन् । उनले कांग्रेस र गठवन्धन दलका नेताहरु संग झुकेर राप्रपाले मित्रता नगर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आइतबार विराटनगरमा आयोजना गरेको चियापान तथा पत्रकार संग आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन् । उनले भने,”वार्ता र संवादको ढोका खुल्ला रहन्छ तर कांग्रेस र गठवन्धन दलका नेताहरु संग झुकेर राप्रपाले भोट लाउ दिन्छु भन्दैन ।,” उनले पछिल्लो परिस्थितिमा गठवन्धनका नेताहरुले कुनैखाले संवाद नगरेको पनि बताए । उनले भने,”हामी बहुमत पुग्ने स्थितिमा भोट दिन्छौं तर गठबन्धनलाई दिदैनौ ।,”
मध्यावधि राप्रपा चाहदैन तर चुनावाट पनि डराउदैन सिटौलाले भने,” हामी जनतामा लोकप्रिय हुदै गएका छौ यसको मतलव हाम्रो संख्या अझ वढ्ने छ ।.” पछिल्लो समय कांग्रेस र एमालेका मानिसहरु राप्रपा प्रवेशमा लहर वढेपछि उत्साहित भएको उनको भनाइ थियो । संविधानको मौजुदा व्यवस्थामा पाखा वसेर भन्दा भित्र रहेर विरोध गरिरहने रणनीतिमा राप्रपा रहेको बताए । संविधान परिवर्तन नगरेसम्म भित्र बसेर विरोध गरिरहन्छौ ,जव सम्म अवस्था र व्यवस्था परिवर्तन हुदैन ।
उनले मावोवादी मुख्यमन्त्री बन्ने चक्करमा कोशी प्रदेशमा समस्या आएको र त्यसवाट उत्पन्न समस्याले सरकार विहिनताको अवस्था सिर्जना भएको आरोप समेत लगाए । तत्कालिन अवस्थामा राप्रपा सचेत रहदै परिस्थिति जन्य निर्णय गरेर अगाडि वढ्ने सिटौलाको भनाइ थियो ।
कार्यक्रममा राप्रपा मोरङका अध्यक्ष गोपाल कट्वालले आफुले जिल्लामा अध्यक्षको जिम्मेवारी लिएपछि संगठन सुधारका लागि गरेका १० वुदे कार्यहरु प्रस्तुत गरेका थिए । कार्यालय स्थापना ,जिल्लामा संगठन निर्माण ,भातृसंगठनको विस्तार र पार्टी प्रवेश गराउने लगायतका कार्यक्रम आफुले गरेको जानकारी दिए ।
कार्यक्रममा राप्रपा नेताहरु केदार कोइराला ,मनोज वस्नेत,टीका उप्रेती ,राजेश मास्के , उद्दवचन्द्र घिमिरे लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।