Birat Post शुक्रबार, आश्विन १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ असोज । विराटनगरमा भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले यो जात्रा निकाल्ने गरेका छन ।

विराटनगरको मेनरोडस्थित संसारीमाई स्थान परिसरमा रहेको भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको छ । प्रत्येकबर्ष भाद्र शुक्ल पुर्णिमा तिथिमा विराटनगरमा भीमसेन जात्रा निकाल्ने गरिएको छ ।

विराटनगरमा २०७० साल असोज ३ गते भीमसेन मन्दिर स्थापना भएको थियो । २०७३ सालबाट प्रत्येकबर्ष जात्रा निकाल्ने गरिएको छ । नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् ।

भगवान शिवका ८ अवतारमध्ये एक अवतारकोरुपमा पुजिने भीमसेनलाई वैभव र समृद्धिको देउताकोरुपमा समेत पुजा गर्ने गरिएको भीमसेन मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ललित श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिर परिसरबाट निकालिएको भीमसेन जात्राले रोडशेषचोक,महेन्द्रचोक,बिजुली अफिसचोकबाट मेनरोड हुँदै मन्दिर परिसरमा पुगेर समापन भएको थियो । नेवार समुदायको बाहुल्य रहेको देशका विभिन्न शहरहरुमा भीमसेन जात्रा निकाल्ने गरिएको छ ।

काठमाण्डौस्थित एक दातृ संस्थाले विराटनगरको भीमसेन मन्दिरलाई उपलब्ध गराएको सुनको जलप लगाइएको भीमसेनको मुर्ति संसारी माई मन्दिर परिसरमा स्थापना गरिएयता भिमसेन जात्रा निकाल्न थालिएको हो ।

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल