Birat Post शनिबार, आश्विन ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ असोज / साहित्यकार गणेश बज्राचार्यद्वारा लिखित ओक्लाहोमाको सेरोफेरो यात्रा संस्मरण संग्रहको विमोचन गरिएको छ ।
धरणीधर पुरस्कार प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, आयोजक संस्थाका अध्यक्ष कृष्णराज कोइराला, साहित्यकार मधु पोखरेल, देवी पन्थी, रामबाबु दाहाललगायतले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।
विमोचित पुस्तकका विषयमा समालोचक हरिप्रसाद बराल र दिनेश श्रेष्ठले समीक्षा गर्नु भएको थियो । अमेरिका भ्रमणका क्रममा देखे भोगेका विषयलाई पुस्तकमा उठान गरिएको समीक्षाहरुले बताउनु भएको थियो । अमेरिकाका विषयमा जान्न चाहनेहरुका लागि पुस्तक अत्यन्तै उपयुक्त र पठनीय भएको उहाँहरुको भनाइ थियो । प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ विवश पोखरेल, गंगा सुवेदी, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष सुरेश श्रेष्ठ, कवि एवं पत्रकार मीनकुमार नवोदित, आयोजक संस्थाका सचिव खगेन्द्र संग्रौलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । १२६ पुष्ठको पुस्तकमा अमेरिका भ्रमणका क्रममा ३६ वटा शीर्षकमा लेखिएका बेग्लाबेग्लै स्वादका संस्मरण समेटिएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल