काठमाडौँ ,५ असोज । कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले सरकार परिवर्तनको चर्चा भएरहेको भन्दै सभापतिसँग जवाफ मागेकी छन् । शुक्रबारको केन्द्रीय समिति बैठकमा उनले यस्तो धारणा राखेकी हुन् । उनले भनिन्, ‘अहिले फेरि सरकार परिवर्तन, मन्त्रीहरु हेरफेर जस्ता कुराहरु आइरहेका छन् वास्तविकता केहो ?
पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा संग उनको सम्वन्ध कम हुदै गएको आंकलन गरिरहेका बेला यस्तो धारणा आएको हो ।
विभाग गठनका विषयमा समेत असन्तुष्ठी व्यक्त गरेकी उनले समय सिमामै कार्यसम्पादन गर्नुपर्नेमा जोड दिइन् । यस्तै उनले अर्थतन्त्रका विषयमा गम्भीर समिक्षा गर्न ढिला गर्न नहुने बताइन् । चुलिँदै गएकाले आर्थिक संकटको समाधानका उपाय खोज्न आवश्यक भएको बताइन् । सत्ताको नेतृत्व गरेको माओवादी केन्द्र एक्लै अगाडि बढिरहेको छ , हाम्रो कुरा सुनिदैन भन्दै उनले पछिल्ला गतिविधिवारे खुलेर केन्द्रीय समितिमा आफ्ना धारणा राखेकी थिइन् ।