Birat Post बिहिबार, आश्विन ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,४ असोज । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। आजको बैठकमा समसामयिक राजनीति, आन्तरिक पार्टी संरचनालगायत विषयमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा साउन २०(३० सम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सवको समीक्षा हुने छ। आन्तरिक विशेष अभियानमा काँग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो। काँग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो।

काँग्रेसले भदौ ९ मा पोलिसी ह्याकाथनबाट तीन उत्कृष्ट अवधारणा छनोट गरेको थियो। यसका साथै बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ। काँग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर,पुस सम्पन्न १४ औँ महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको काँग्रेसले आगामी महासमिति बैठकमाथि नीति तय गर्नेछ। काँग्रेसले असोज ४ बाट सुरु हुने केन्द्रीय समिति बैठकलाई महासमिति बैठकको तयारीका रूपमा लिएको छ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल