विराटनगर ,३ असोज ।
संविधान दिवसका अवसरमा नेपाली कांग्रेस विराटनगर- ४ ले दीप प्रज्वलन कार्यक्रम गरेको छ । बुधबार साझ वडा कार्यालय कञ्चनबारीमा भएको कार्यक्रममा नेपाली काग्रेसका स्थानिय नेताहरुको सहभागिता रहेको थियो ।
संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ। नौ वर्षमा हिँड्न लागेको संविधानलाई जन अपेक्षा अनुरुप अगाडि बढाउनु पर्नेमा वडा सभापति राजकुमार तबदार जोड दिन्छन् । कांग्रेसले संविधान कार्यान्वयनमा पहलकदमी लिनुपर्ने सभापति तवदारको भनाइ छ ।
कार्यक्रममा नेपाली कांग्रेस वडाका युवा नेताहरु विनय दाहाल ,पिताम्बर दाहाल, देवेन्द्रराज पोखरेल,देवचन्द्र घिमिरे,उमा घिमिरे ,अर्जुन चुडाल,दीलिप चौधरी ,काशी चुडाल, मीरा नेपाल ,शान्ता बस्नेत लगायतको सहभागिता रहेको थियो ।