Birat Post बुधबार, आश्विन ०३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३ असोज ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल सामाजिक सन्जाल फेसवुकमा छाएका छन् । विशेषत विराटनगरका फेसवुक प्रयोगकर्ताहरुले पोखरेललाई सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यद्यपी पोखरेललाई भएको चाही के हो भन्ने कसैले लेखेका छैनन् ।

धेरैले यसवारे चासो राखेपछि ,यस विषयमा सचिव पोखरेलका सहकर्मी , कोशी अस्पताल विराटनगरका बरिष्ठ हाड,जोर्नी नसा रोग विशेषज्ञ यज्ञराज खरेललाई हामीले सोध्यौ । उनका अनुसार सचिव पोखरेललाई हर्टअट्याक आउनु भन्दा पहिलेको लक्षण अर्थात मुटुमा समस्या देखिएको छ । उहाँको काठमान्डौं स्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

उहाँको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको छ । पोखरेलनेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हुन भन्दा अगाडि कोशी अस्पताल विराटनगरमा मेडिकल सुरपरिटेन्डेन्ट थिए । यसैले पनि होला विराटनगरका अधिकांशले पोखरेलको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल