Birat Post मंगलबार, आश्विन ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ असोज । बीस वर्ष देखि ओछ्यानमा नसुती तपस्यारत रहेका आचार्य महाश्रवण शिष्य मुनी डा.ज्ञानेन्द्र कुमार विराटनगर आएका छन् ।

जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरमा हुने चतुर्मास कार्यक्रममा उनी आएका हुन् । मुनी २० वर्ष यता नसुती बसेर मात्रै तपस्यामा लीन छन् । कुनै ओछ्यानमा  उनी ढल्कदैनन् । कार्यक्रममा अणुव्रत आचार संहिता र यसका मौलिक पक्षमा प्रवचन हुने आयोजक समितिका विकास लालवानीले जानकारी दिए । अणुव्रत चेतना दिवसको अवसर पारेर गरिएको कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले उद्घाटन तथा श्रवण गरेका छन् ।

अणुव्रत आचार संहितामा कुनै प्राणिको हत्याहिंसा नगर्ने, कहिँ कसैलाई आक्रमण नगर्ने, मानवीय एकतामा विश्वास राख्ने, धार्मिक सहिष्णुतालाई कायम राख्ने, व्यवसाय र व्यवहारमा प्रामाणिक रहने, ब्रम्हचर्य साधना र संग्रहमा सीमा निर्धारण गर्ने सामाजिक कुरीतीलाई प्रशय नदिने, नशामुक्त जीवन जिउने र पर्यावरणप्रति सधैं सजग रहने जस्ता अणुव्रत नियम सबैले पालना गरे समाज सुन्दर हुनेछ ।

अणुव्रतमा अनावश्यक रूपमा प्रकृतिको दोहन गर्न नहुने कुरा उल्लेख छ। बिरुवा काट्नु हुँदैन भनिएको छ। त्यसले प्रकृतिले हुर्काएर रूखबिरुवा अनावश्यक रूपमा नास नगर्नु भन्ने बुझिन्छ। अनावश्यक रूपमा प्रकृतिको दोहन गर्न नहुने कुरा प्रवचनमा सहभागिहरुलाई बताइएको छ । यो कार्यक्रममा विराटनगरका विभिन्न धार्मिक तथा अध्यात्मिक व्यक्तिहरुको सहभागिता रहने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल