विराटनगर ,२ असोज ।
जनता समाजवादी पार्टी मोरङका जिल्ला अध्यक्ष राजकुमार यादव माथी दुर्व्यवहार भएको भनिएको घटनामा संलग्न तीन जना नगर प्रहरीलाई विराटनगर महानगरपालिकाले जागिरबाट निष्कासन गरे संगै सामाजिक सन्जालमा विरोध सुरु भएको छ ।
यादवले आफुलाई हातपात गर्नेहरुलाई जागिरवाट निकाल्नुपर्ने अडान लिए संगै महानगरले बाद्य भएर ती कर्मचारीलाई निष्कासन गरेको सूचना मंगलबार सार्वजनिक गरेको छ । यो घटना संगै अध्यक्ष यादवको आलोचना हुन थालेको छ । उनले गरिबको जागिर खाएर राम्रो नगरेको र डिउटीमा रहेको नगर प्रहरीलाई हस्पिटल चोकमा अनावश्यक दु:ख दिने गरेको भन्दै सामाजिक सन्जालमा विरोध सुरु भएको छ ।
एउटा भविष्य वोकेको नेताले माफी दिएको भए महान हुने भनाइ सामाजिक सन्जालमा देख्न सकिन्छ । यादवको हस्पिटल चोकमा दवाइ दोकान छ । उनी त्यही दोकानमा बस्छन् । डिउटीमा रहेका नगर प्रहरी संग यादवको दिनहु जसो वादविवाद हुने गरेको एक नगर प्रहरीले बताए । यो संगै नगर प्रहरीलाई यादवले जहिल्यै आतंकित बनाउने गरेको खुलासा समेत भएको छ । यो संगै यादवका अन्य पक्ष पनि खोलिदै गएको छ ।