काठमाडौँ,१ असोज । नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष सुवास नेम्वास नेम्वाङको निधनपछि रोकिएको बीपी साहित्य महोत्सव ३ गते गर्ने भएको छ। महोत्सव आयोजक कमिटीको बैठकले महोत्सवको समापनसभा ३ गते गर्ने निर्णय भएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।
उनका अनुसार स्थगित भएको कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०: ३० बजेदेखि साँझ ५:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ ।