Birat Post आइतबार, भाद्र ३१, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौँ ,३१ भदौ । काठमाडौँको तीनकुने सामूहिक हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। आइतबार साँझ काठमाडौँमा पत्रकार सम्मेलन गरी हत्याकाण्डका आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो। उनी बोल्न सक्दैनन् ।

घटनापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सिसिटिभी फुटेजको सहयोगमा पक्राउ गरेको बताएको छ। घटना रिसइबी साँध्नका लागि भएको प्रहरीको भनाइ छ। काठमाडौँ प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले घटना रिसइबीका कारण भएको र बाँकी अध्ययन गर्दै जाने बताए।

केही दिनअघि मृतक विशाल राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबी साँध्नका लागि बारम्बार प्रयास गरेको र त्यही क्रममा हत्या गरेको अनुसन्धानबाट खुलेको उनले बताए।

उनले भने, ‘केही समयअघि मृतक विशाल राईले चलाएको मोटरसाइकलको विषयमा विवाद हुन गई मृतक विशाल राईले प्रतिवादी सञ्जय भण्डारीलाई कुटपिट गरेकोमा त्यही रिसिइबी साँध्नका लागि बारम्बार कुरा गर्ने प्रयास गरेको र भेट नभएको, समिलमा छ भन्ने थाहा पाएर घरभित्र जाँदा घटना भएको देखिन्छ।

पक्राउ परेका भण्डारी बोल्न नसक्ने भएकाले प्रहरीले लेख्न लगाएको थियो। लेखेर उनले घटनाको स्वीकार गरेका थिए। उनले दिदीभिनाजुको घरबाट विशाल राईलाई भेटे छप्काइदिन्छु भन्दै खुकुरी बोकेर ल्याएको एसएसपी राठोरले बताए।

भण्डारीले समिलको पछाडिको ढोकाबाट प्रवेश गरी हत्या गरेको प्रहरीको भनाइ छ। राईलाई हत्या गरिसकेपछि अन्य तीनजनाले पनि देख्ने डरले हत्या गरेको भण्डारीले स्वीकार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको राठोरले बताए। यद्यपी उनी बोल्न नसक्ने मानिस भएकाले प्रहरीको भनाइमा आशंका गर्ने ठाउँ भने अझै रहेको केही स्थानियको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
मनमोहनमा एलएलबीको पढाई सुरु
महानगरको समन्वयमा मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर
राजनीति पैसामुखी र व्यक्तिगत स्वार्थ केन्द्रित हुन थाल्यो : कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल