विराटनगर,२९ भदौ । विराटनगरमा बसेर लामो समयदेखि साहित्य साधना गरिरहेका चर्चित छन्द कवि हरि कट्टेल मोति पुरस्कारबाट झापामा पुरस्कृत भएका छन् । उक्त सम्मान तथा पुरस्कार १५८ औं मोति जयन्तिका अवरसरमा त्रिफला पुस्तकालय केन्द्रीय कार्यालय झापाले यही भा्द्र २८ गते धुलाबारी झापामा एक बृहत् समारोहका बीच प्रदान गरेको हो ।
नगद राशी सहित सम्मान पत्र रहेको रहेको उक्त पुरस्कार संस्थाका अध्यक्ष प्रेम प्रकाश फलाहारी , कार्यक्रमका प्रमुख अतिथि ज्ञान बहादूर क्षेत्री र विशिष्ट अतिथि प्रा डा गोविन्दराज भट्टराले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए भने कट्टेललाई प्राज्ञ गङ्गासुवेदी लगायतले दोसल्ला ओढाई सम्मान गरेका थिए । समारोहमा नेपाल र भारतका विशिष्ट साहित्यकारहरूको व्यापक उपस्थिति थियो । कट्टेल चर्चित छन्द कवि हुन् भने कविता, गजल, मुक्तक र समालोचनाका क्षेत्रमा समेत स्थापित साहित्यकार हुन ।