Birat Post बिहिबार, भाद्र २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

बेलबारी,२८ भदौ ।  बेलबारी उद्योग बाणिज्य सघंको आयोजनामा बिहिबार भएको कार्यक्रममा ७५ पिन्ट रगत संकलन भएको छ ।

बेलबारी ३ मा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोइराला) सहित ७५ जनाले रक्तदान गरेका थिए ।

पछिल्लो समय रगत अभाव भइरहेका बेला थोरै भएपनि सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले बताए ।

कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख कोइरालाले विभिन्न अस्पतालहरुमा रगत अभावका कारण बिरामीहरुले ज्यान गुमाउनु परिरहेको अवस्थामा उवासंघ बेलबारीले कार्यक्रम आयोजना गरेर राम्रो काम गरेको बताइन् ।

उवासंघ बेलबारीले नयाँ कार्यसमिति आएपछि विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय भएको छ । यसअघि व्यवसायीहरुको ढक तराजु नापतौल, बस्तुगत समितिहरुसँग अन्तरक्रिया लगायत कार्यक्रम सम्पन्न गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल