Birat Post बुधबार, भाद्र २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ भदौ/

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालयस्तरदेखि नै व्यवहारिक र सीपमूलक शिक्षा नदिएकै कारण बेरोजगारी समस्या बढ्दै गएको बताएका छन् । प्याब्सन मोरङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिक र व्यवहारिक शिक्षालाई सँगसँगै अगाडि बढाएमात्रै उत्पादित जनशक्तिले रोजगारी प्राप्त गर्ने दाबी गरे ।

उनँले चारवटा विषयमा डिग्री हासिल गरे पनि सीप छैन भने रोजगारी पाउने अवस्था नरहेको बताए । “अंग्रेजी, नेपाली, वाणिज्य, राजनैतिक सबै विषयमा डिग्रीको सटिर्फिकेट छ तर उसमा सीप छैन भने सटिर्फिकेटका आधारमा जागिर पाउने अवस्था छैन अहिले,” उनले भने , “डिग्री आफ्नै ठाउँमा छ तर त्यो भन्दा महत्वपूर्ण व्यवहारिक र सीपमूलक शिक्षा आजको आवश्यकता हो । नेपालमा मात्रै होइन विदेश जाँदा पनि राम्रो सीप सिकेर गएको छ भने राम्रै पैसा कमाउने अवस्था छ नत्र भने सामान्य काम मात्रै पाइन्छ र त्यसबापत प्राप्त हुने पैसा पनि कमै हुन्छ ।”

घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ छ । विद्यालय तहदेखि नै व्यवहारिक शिक्षामा जोड दिएमा उत्पादित जनशक्ति देश–विदेशको श्रमबजारमा बिक्न सक्ने मेयरको भनाइ थियो । हरेक वर्ष नेपाली श्रमबजारमा ५ लाखभन्दा बढी जनशक्ति आउने गरेको बताउँदै त्यसमध्ये थोरैले मात्रै स्वदेशमा रोजगारी पाउने गरेको उनले बताए । त्यस्तै अध्ययनका लागि विदेश जानु नपर्ने गरी विराटनगरमा गुणस्तरीय शैक्षिक संस्थाहरु खुलेको बताउँदै मेयर कोइरालाले भने , “तर अझै पनि विदेश जाने प्रवृत्ति रोकिएको छैन । झनै बढेर गएको छ । गत आर्थिक वर्ष २०७९/८० मा अध्ययनकै लागि नेपालीले १ खर्ब ४२ अर्ब रुपैयाँ विदेश पठाएका छन् । जसले गर्दा नेपाली मुद्रा विदेशिएको छ ।”

निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले विद्यार्थीको प्रतिस्पर्धी क्षमता बढाउन विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने गरेको भन्दै उनले प्रशंसासमेत गरे । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने महानगरको जारी अभियानलाई साथ दिन उनले आग्रह गरे । कार्यक्रयमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, कोशी प्रदेश अध्यक्ष टीकाराम ढकाल, मोरङ अध्यक्ष प्रेमलाल सिंह सुवाल, सचिव जगत बस्नेत, अभिभावक संघ कोशी प्रदेश अध्यक्ष देवी पन्थीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल