Birat Post बुधबार, भाद्र २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ भदौ । कांग्रेस संसदीय दलका नेता उद्धब थापाले दलको नेताबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्नेमा आवाज उठेको छ । यसका लागि संगठित दबाब समेत सुरु भएको छ ।

कांग्रेस संसदीय दलका नेताकै नेतृत्वमा बनेको दुई पटकको सरकार असफल भएको र सर्वोच्च अदालतले दुवै पटक गलतसिद्ध गरिसकेका कारण संसदीय दलका नेताले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने मत बढ्दै गएको छ ।

थापाको कमजोरीका कारण प्रदेश बजेटविहीन भएको साथै गठबन्धन दलहरु पनि असफल भएको आरोप धेरैदिन थेगिरहन नहुने निष्कर्षमा कांग्रेसवाट नेतृत्व गर्ने प्रदेश सभा सदस्यहरु पुगेका छन् । केहीले बोलेर र केहीले मौन रहेर थापाको विरोध गरिरहेका छन् । कोशी प्रदेशमा पछिल्ला दिनमा लिइएका राजनीतिक निर्णयहरुले नेपाली कांग्रेस र गठबन्धन दलहरुलाई समेत समस्यामा पार्ने काम भएको भन्दै प्रदेशसभा
सदस्य तथा पूर्वमन्त्री केदार कार्कीले थापाको विकल्प खोजिनुपर्नेमा जोड दिएका छन् ।

सञ्चारकर्मीहरु संग भएको एक छलफल कार्यक्रममा कार्कीले भने ,”उहाँले गठबन्धनलाई सफल बनाउन पनि सक्नुभएन र नेतृत्व पनि गर्न सक्नु भएन । त्यसकारण उहाँले राजीनामा दिनुपर्छ,अब पनि उद्धब थापालाई नै लिएर अगाडि जाने हो भने कोशी प्रदेश अझ अप्ठारोमा फस्छ ।”  कांग्रेस नेता थापाको व्यक्तिगत सम्बन्धको कारण राप्रपाले असहयोग गर्ने र मध्यावधिमा जानसक्ने कार्कीको आशङ्का छ । त्यसबाट रोक्न पनि कांग्रेसले भावी मुख्यमन्त्री बनाउने व्यक्ति परिवर्तन गर्नु पर्छ ,त्यो जो होस् । थापा नेपाली काग्रेसको सभापति पनि रहेको र दलको कार्यसमिति पनि बनाउन नसकेको आरोप काकीले लगाएका छन् । कार्कीले भने ,”दल पनि चलाउन सक्नुभएन भएन ,संसदीय दलको नेता भएर पनि नेतृत्व दिन सक्नु भएन यसकारण अव विकल्प खोजिनु पर्छ ।”

कार्कीले गठबन्धन दलभित्र वा गठबन्धन बाहिर सौहार्दपूर्ण सम्झौता गरेर संविधानको धारा १६८ को उपधारा -५ अनुसारको सरकार बन्नुपर्नेमा जोड दिए । त्यसबेला मुख्यमन्त्रीमा प्रस्ताव गर्ने व्यक्तिको चाल, चेहरा र चरित्रलाई हेरेर सहयोग गर्न सकिने बताए । यो बेला बिद्रोह हुन्छ । त्यो विद्रोह चाल,चेहरा र चरित्रका विषयमा केन्द्रीत हुन्छ ,कार्कीको भनाइ थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल