Birat Post सोमबार, भाद्र २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी दिएका छन् । आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शाहीले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहान्छु, अब तपाईका आन्दोलन गर्ने दिन गए जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौं, जनताको काम गर्न सकेन भने घरमा गएर बसौं किन भने धेरै फुर फुर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउछौँ ।’ उनले भने, ‘राष्ट्रवादी शक्तिले देखाउँछ । राष्ट्रियताको सवालमा हामी एकजुट छौँ ।’

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्राईलाई कारबाही नभए कडा आन्दोलन थाल्ने प्रवक्ता शाहीको चेतावनी छ । ‘बालुवाटारको जमिन प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई प्रक्राउ गर्ने आन्दोलन हुन्छ, आन्दोलन २७ गतेबाट सुरु हुन्छ । यो हाम्रो प्रधानमन्त्रीलाई खुला चुनौती हो । जब नेताहरुको नाम आउँछ त्यो प्रकरण सेलाएर जान्छ, हाम्रो आन्दालन यस्तै भ्रष्टचारका विरुद्धमा हो ।’

प्रवक्ता शाहीले आफ्नो आफूहरुको आस्थामाथि पटक पटक खेलबाड भएको भन्दै आक्रोश पोखे । ‘हाम्रो आस्थाको कुरालाई आँच आउने कुरा गरे अतिवादी नहुुने तर जसले यस्तो काम नगरन् भनेको छ त्यो चाँही अतिवादी हो । हाम्रो संस्कृतिलाई प्रभाव पार्ने नै अतिवादी र आतंकवादी पनि हुन् उनीहरुलाई ठिक कसरी गर्ने त्यो हामीलाई थाहा छ ।’ उनले भने ।

संविधानमा गाई मार्‍याे भने तीन वर्षको सजाय भएपनि गृहमन्त्री जात्रा हेरेर डलर खाएर बसेको उनको आरोप छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल