Birat Post सोमबार, भाद्र २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,२५ भदौ । काठमाडौँको बनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न भएको छ। केबीसीकाे प्राङ्गणमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका इनोभेटिभ ट्रेन्डका बारेमा विज्ञहरुको प्रस्तुति तथा अन्तर्क्रिया भएको थियो । कार्यक्रममा पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सेक्युरिटिज विषयलाई तीनवटा सेसनमा विभाजन गरेर बृहत छलफल गरिएको थियो ।

कार्यक्रमको सुरुवात ‘जिरो वेस्ट वेबसाइट’ लंच गरेर भएको थियो । यो एप काठमाडौँ बिजनेश क्याम्पसको बिसीएमा अध्ययनरत तेस्रो सेमेष्टरका विद्यार्थीहरूले बनाएका हुन् । साथै केबीसीले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । लोगो सार्वजनिक कार्यक्रमपछि ‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटीः अवसर र चुनौतीहरु’ विषयमा कि–नोट स्पीकरका रुपमा माइक्रोसफ्टका समिर थापाले प्रस्तुति दिएका थिए।

थापाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का बारेमा पनि विशेष सामाग्री प्रस्तुत गरेका थिए । समिर थापाको प्रस्तुतिपछि आर्टिफिसियल इन्टेलिजेन्ट(एआई) विषयमा पहिलो प्यानल डिष्कसन सुरु भएको थियो । पहिलो सेसनमा ट्यालेन्ट डेभलपमेन्ट फ्युजमेसिन्सका म्यानेजर रोजेस सिखाकर, इन्जिनियर तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय(एमओइएसटी) का प्रवक्ता योगेश अर्याल र नामिका रिसर्च असोसिएट् सुमन सापकोटाले एआईका विषयमा प्यानल डिष्कसन गरेका थिए । टेबल डिस्कसनका क्रममा नामीका रिसर्च एसोसिएट सुमन सापकोटाले नेपालमा प्रविधि क्षेत्रमा निकै कम लगानी भएकाले ‘एआई विकास’मा पछि परेको बताए । यसैगरी दोस्रो प्यानल डिष्कसनमा एसिया प्रोजेक्ट फाउण्डेसनका डाइरेक्टर साजना महर्जन अमात्य, डाटा एक्सपट श्री प्रसाद खनाल र पदम राज पन्तको सहभागिता रहेको थियो । प्यानल डिष्कसनका क्रममा डेटा एक्सपर्ट श्रीप्रसाद खनालले गृहिणीहरुले हरेक वर्ष २०० जिबीभन्दा धेरै डेटा प्रयोग गर्ने कुरा बताएका थिए । यसैगरी तेस्रो तथा अन्तिम प्यानल डिष्कसन अर्थात ‘नेटवर्किङ एण्ड साइबर सेक्युरिटी’ अघि टोरन्टो विश्वविद्यालयका विज्ञ डा. डिल्ली शर्माले साइबर सेक्युरिटीजकै विषयमा प्रस्तुती दिएका थिए ।

तेस्रो तथा अन्तिम प्यानल डिष्कसनमा सुबिसु केबल नेटका भिपी इन्जिनियरिङ राम कृष्ण परियार, सिआइएसओ, सिइएच(मास्टर) पंकज कुमार ठाकुर र नेटवर्क एण्ड साइवर सेक्युरिटी एक्सपर्ट रमेश पोखरेलको सहभागिता रहेको थियो । तेस्रो तथा अन्तिम प्यानल डिष्कसनका क्रममा चिफ इन्फरमेसन सेक्युरिटी अफिसर (सिआईएसओ) का पंकज कुमार ठाकुरले साइबर सेक्युरिटीका लागि ‘जिरो ट्रष्ट सेक्युरिटी’ प्रयोग गर्न आवश्यक रहेको बताए। यस सिम्फोजियम कार्यक्रममार्फत विद्यार्थीले आफूलाई कुन विषयमा जाँदा सक्षम र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने बारेमा बुझ्ने क्याम्पसले विश्वास लिएको छ । आईटी बेस एजुकेसनका लागि लोकप्रिय काठमाडौँ बिजनेश क्याम्पसले आईटीको क्षेत्रमा हासिल उपलब्धीको बारेमा विभिन्न कार्यक्रम आयोजना गर्दे आइरहेको छ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल