Birat Post आइतबार, भाद्र २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ भदौ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)को १०९औं जन्मजयन्तीको अवसरमा मोरङ कांग्रेसले विचार गोष्ठी सम्पन्न गरेको छ । मोरङको विपी सेवाकेन्द्र सुनवर्षी डाइनियामा सम्पन्न कार्यक्रममा जिल्ला तथा स्थानिय नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विपीका विचार र आजका समयमा पनि उत्तिकै सान्दर्भिक रहेको र विपीको मार्गनिर्देशनमा अगाडि वढ्नुपर्नेमा बक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले कांग्रेसका नेता तथा कार्यकर्तालाई नैतिकवान बनाउन र समय सापेक्ष जनसेवामा लाग्ने भाव जगाउन आवश्यक रहेको बताए । विपी कोइरालाले गरिव र निमुखा जनताको मर्म बुझेर सेवा भावका काम गरेको स्मरण गर्दै पराजुली भने “अहिले सवैमा सेवा भाव हराएर गएको छ त्यसलाई पुर्नताजगी गरौ ।”

गुटका कारण अत्यन्त जटिलमोडमा काग्रेस पुगेको र यसलाई पनि सच्याएर अगाडि वढ्नुपर्ने वेला आएको पराजुलीको भनाइ थियो ।विपीको चिन्तनलाई बोकेरे हिड्ने कांग्रेस विचलित बन्न नहुने बताए । यस्तै उनले वर्तमान सरकारमा रहेर काग्रेसले अपजसको भारी मात्रै वोकिरहेको बताए । आउने चुनावमा यस्तै रवैया रहिरहे कांग्रेसले धेरै ठाउमा नेतृत्व गुम्नसक्ने भएकाले सचेत बन्न आग्रह गरे ।

नेपाली काग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्तिनाथ माझीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद सुनिल शर्मा ,शिवनारायण सिहं गनगाई ,युवा नेता यदु विष्ट , मदन सग्रौला, नेपाली कांग्रेस मोरङका सचिवद्वय मोदराज घिमिरे, ललित श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल