विमल पोखरेल
हामी कतिपय स्थानमा हुने खेललाई सामान्य ठानेर खेलिरहेका हुन्छौ । वार्म -अप नगरी गरिने कतिपय खेलमा हामीले धेरै समस्या सामना गरिरहेका पनि छौ । यद्यपी यो नियम ठूला खेलकुदका कार्यक्रममा अनिवार्य छ । हामीले स साना खेलमा पनि यस विषयमा ध्यान दिन जरुरी हुन्छ ।
साधारण अर्थमा कुनै विशेष कार्य गर्नका लागि पूर्व तयार पार्नुलाई warm up भनिन्छ ,कुनै पनि बस्तु होस वा उपकरण बिश्राम अवस्था बाट एकाएक प्रवेकमा वा प्रवेगबाट शिघ्र बिश्राम अवस्थाबाट आउन सक्दैन ,त्यसकालागी एक निश्चित समय चाहिन्छ,तसर्थ उपकरण होस वा मांसपेसी कार्य त्यसको सर्वातम क्षमता तबमात्र संभव हुन्छ । जब नियोजित कार्य गर्नका लागि यसलाई पुर्व नै तयारी राखिन्छ । खेलकुद क्षेत्रमा वार्मअपको मुख्य उद्देश्य शरीरको सर्वोतम क्षमता प्राप्त गर्नु हो ।
वार्मअपलाई परिभाषित गर्दा पुर्वनियोजित मुख्य कार्य गर्नका लागि शरीरका विभिन्न अगंहरुलाई निश्चित परिणाममा क्रमबद्व रुपले वैज्ञानिक पद्धति अनुरुप परिचालन गरि खेलाडीले शारीरिक र मानसिक रुपमा अभ्यास तालिम र प्रतियोगितालाई परिणाममुलक लक्ष्य प्राप्तिका लागि पुर्ण रुपले शरीरलाई पुर्वतयारी राख्ने प्रक्रियालाई वार्म अप भनिन्छ । वार्म अप शुरु गर्दा मुटु देखि टाढा भाग खुट्टाको औलाहरु वा हातका औला बाट प्रारम्भ गर्नु पर्छ , वार्म अप जहिले पनि सजिलो बाट कठिन हुँदै सम्पन्न गर्नु पर्छ
💪यो दुई प्रकारको हुन्छ 💪
सामान्य वार्म अप : प्रशिक्षण अभ्यास र प्रतियोगिता प्रारम्भ गर्न अगाडि शरीरका सम्पुर्ण मांसपेशी तथा जोर्नीहरुलाई गतिशील बनाउनको लागि गरिने क्रीयाकलाप (exercise) लाई साधारण warm up भनिछ ।
विशेष वार्म अप : कुनै निश्चित सिपको अभ्यास गर्नु अगाडि उक्त सिपमा प्रयोग हुने शरीरका मांसपेशि तथा जोर्नीहरु संग सम्बन्धित क्रीयाकलापहरुलाई विशेष वार्म अप भनिन्छ ।
किन गरिन्छ वार्म अप ?
१, शरीरको तापक्रम बढाउन
२, अक्सिजन उपयोग वृद्धि गर्न
३, मांसपेशि लचकता बढाउन
४,जोर्नीहरु तन्काउन
५, मुटुको धडकन बढाउन
६, शक्तिको आपूर्ति सहज पार्न
७ मानसिक रुपमा तयार पार्न
८, घाइते हुन बाट जोगाउन
वार्म अप गर्दा शरीर थाक्नु हुदैन, वातावरणीय तापक्रम हेरेर ,खेलको प्रकृति खेलाडीको स्तर हेरेर मात्रै समय निर्धारण गर्नु पर्छ ।