Birat Post बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० भदौ । प्रदेशस्तरका कानुन निर्माण गर्दा नागरिक समाज र सरोकारवाला समूहको सुझाव अपरिहार्य हुनेमा जोड दिइएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) को संसद सहयोग परियोजनाको सहयोग तथा संसदीय पत्रकार मंच कोसी प्रदेशको आयोजनामा बुधबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमाणमा आधारित कानुन निर्माणमा सरोकारवाला पक्षको सहभागितामा जोड दिइएको हो ।

कोसी प्रदेशसभामा दर्ता भएको स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सरोकारवाला पक्षको परामर्शका लागि कार्यक्रम आयोजना गरिएको थियो । कोसी प्रदेशसभाका प्रमुख राजनीतिक दलका सांसदहरु सहभागी कार्यक्रममा नगारिक समाज, अनुसन्धानकर्मी, विभिन्न कर्र्मचारी संघ संगठनका प्रतिनिधि तथा संचारकर्मी सहभागी थिए ।

नगरपालिका संघ कोसी प्रदेशका अध्यक्ष तथा बेलबारी नगरपालिकाका मेयर डीपी राईले अहिले प्रदेश र स्थानीय तह कर्मचारी व्यवस्थापनको ठूलो चुनौती रहेको बताउँदै भने,“पूर्ण कानुनको अभावमा संघीयता पछिका पाँच वर्षपछि पनि प्रशासनिक संघीयता कार्यान्वयन गर्न कठिनाइ भइरहेको छ । स्थायी भन्दा अरु कर्मचारी नहुँदा नै राम्रो भन्ने देखिएको छ ।” राईले कर्मचारीहरुमा समेत विभाजित मानसिकता हुँदा जनमुखी कार्यसम्पादन गर्न स्थानीय र प्रदेश सरकारलाई कठिनाइ भएको सुनाए ।

नागरिक समाजका प्रतिनिधि दिनेश श्रेष्ठले प्रदेशस्तरका ऐन बनाइँदा सरोकारवाला पक्षको सुझाव लिने थिति बसाउन जरुरी भएको बताउँदै प्रदेशसभा तथा संसदीय समितिहरु यस विषयमा चनाखो हुनुपर्ने बताए । “जनताको लागि बन्ने कानुनमा समेटिनु पर्ने विषय जनस्तरमै गएर छलफल गरिनुपर्छ,” उनले भने । कानुनका विज्ञ कोषराज न्यौपानेले सल्लाह सुझावमा आधारित भई विधेयकमाथि छलफल गर्ने परम्परा बसाए त्यसले सरकारलाई नै सहजता मिल्ने बताए ।

स्थानीय तह कर्मचारी संघका महेन्द्र खड्काले मुलुक संघीयता गएपनि कर्मचारी व्यवस्थापन र उनीहरुको वृत्ति विकासमा समस्या देखिएकोले यसको निरुपणको लागि संघीय र प्रदेश ऐनलाई नबाझिने गरी निर्माण गरिनुपर्ने सुझाव दिए । कोसी प्रदेशले ल्याएको स्थानीय सेवाको गठन, संचालन र सेवाका शर्त सम्बन्धी विधेयकमा गहन छलफल हुनुपर्ने र कर्मचारीको मनोवल उच्च हुने गरिका प्रावधानलाई समेटिनु पर्ने विराटनगर महानगरपालिकाकी कर्मचारी अनिता न्यौपानेले बताइन ।

निजामति कर्मचारी संगठनका काँशी पराजुली र निजामति कर्मचारी युनियनका मानबहादुर वनले कर्मचारी जनउत्तरदायी हुने भएकोले संघीय र प्रदेश सरकारले बनाउने कानुनमा कर्मचारीको प्रोत्साहनलाईसमेत ध्यान दिइनु पर्ने सुझाव दिए । कोसी प्रदेशसभाका उपसचिव डिल्लीप्रसाद अचार्यले मस्यौदा भएको विधेयक ऐन बनेर आउने प्रक्रिया निकै लामो हुने भएकोले त्यसमा सरोकारवाला पक्षको सल्लाह र सुझाव अहिपरिहार्य हुने बताए ।
कार्यक्रममा नेकपा एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतिरमण भण्डारीले कानुन निर्माणको प्रक्रिया सँधै खुला र जनताले बुझ्ने गरी हुनुपर्नेमा ध्यान दिन जरुरी भएको बताउँदै भने,“कानुन खुला रुपमा धेरै भन्दा धेरै सुझाव लिएर बनाउनु पर्छ ।

यो लुकाएर लुकाउने चिज पनि होइन ।” कांग्रेस सांसद शोभा चेम्जोङ र सदानन्द मण्डलले ऐन निर्माण गरिँदा जनताले अपनत्व लिने विषयलाई ख्याल गरिनुपर्नेमा आफूहरुको जोड भएको सुनाए । माओवादी केन्द्रका सांसद गणेश उप्रेती र गीता तिम्सिनाले कर्मचारीतन्त्रमाथि मात्र निर्भर भएर विधेयकको मस्यौदा तयार गर्ने परिपाटी आम छलफल र सुझाव ग्रहणका माध्यमबाट क्रमश: कम गर्दै लग्नुपर्ने सुझाव दिए ।

एमाले कोसी प्रदेशकी सचेतक सिजर्ना राईले काटो सुहाउँदो उत्पादन भने जस्तै कानुन पनि जनमुखी हुनुपर्नेमा जोड दिइन । एमाले सांसद जयप्रकाश चौधरीले कोसी प्रदेशसभाले अहिलेसम्म धेरै बिजनेस प्राप्त गरिनकसेको अवस्थामा विधेयकबारे धेरै छलफल हुन नपाएको बताए । पत्रकार गणेश लम्साल र विवेक गौतमले सरोकारवाला पक्षसँग गरिने छलफलले विधेयकमा भएको त्रुटि सच्याउन मद्दत पुग्ने सुझाव दिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल