Birat Post बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

भद्रपुर, २० भदौ । झापाको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवाका लागि थप सेवा बिस्तारको तयारी गरेको छ ।

अस्पतालले आगामी असोज १ गतेबाट १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्ड थप गर्ने तयारी गरेको अस्पतालका सञ्चालक दिपक पोखरेलले जानकारी दिए ।
अस्पतालले कन्सल्टेन्ट चिकित्सकको समेत सेवा शुरु गर्न लागेको छ । साबिक मेची अञ्चलमै पहिलो पटक अस्पतालमा कन्सल्टेन्ट नवजात शिशु रोग विशेषज्ञ डा. कुन्दनकुमार यादव र कन्सलटेन्ट डा. श्रवणकुमार राउतको दैनिक सेवा शुरु हुन लागेको जनाइएको छ ।

डा. राउत कन्सल्टेन्ट फिजिसियन हुन् । उनी भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट आउन लागेका हुन् । एम्स अस्पतालबाट पाइने गुणस्तरीय स्वास्थ्य सेवा अब ओम साई पाथीभरा अस्पतालबाटै पाइने बताइएको छ ।
दम, खोकी, मुटु, प्रेसर, जण्डिस, सुगर, थाइराइट, उच्च रक्तचाप, मृगौला, कलेजो, ग्याष्ट्रिक लगायतका विरामीले अब ओम साई पाथीभरा अस्पतालबाटै गुणस्तरीय उपचार सेवा पाउने भएका छन् ।

त्यस्तै कन्सल्टेन्ट नवजात शिशु रोग विशेषज्ञ डा. यादवमार्फत शिशुको तौल कम भएको, श्वासप्रश्वासमा समस्या भएको, जन्मैदेखि मुटुमा समस्या भएको लगायतका समस्यामा गुणस्तरीय उपचार सेवा पाइने बताइएको छ । उक्त दुवै चिकित्सकको सेवामा स्वास्थ्य बीमा पनि लागू हुने बताइएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल