Birat Post मंगलबार, भाद्र १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१८ भदौ । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन प्रदेशसभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले संसदीय दलको ह्वीप मानेर आफूले विश्वासको मत दिएको जवाफ अदालतलाई दिएका छन् ।

मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिनु असंवैधानिक हो भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिटमा सर्वोच्चले मागेको लिखित जवाफ मन्सुरीले बुझाएका छन् । यो विवादमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सोमबारदेखि सुनुवाइ गरिरहेको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिन कांग्रेस संसदीय दलको ह्वीप जारी गरेको र कांग्रेस प्रदेशसभा सदस्यको हैसियतमा आफूले ह्वीप मानेको बताएका हुन् ।

‘उक्त दिन बैठक सञ्चालन गर्दा आफू सभामुख तथा उपसभामुख कुनै पदमा नभएको र पार्टीको ह्वीप पालना गर्नुपर्ने बाध्यता भएका कारण अध्यक्ष मण्डलका सदस्य गीता तिम्सिनालाई बैठकको अध्यक्षताको लागि आह्वान गरी मैले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हुँ’, मन्सुरीले लिखित जवाफमा लेखेका छन् ।

त्यस दिन अध्यक्ष मण्डलका सदस्यहरु अम्बरबहादुर विष्ट र मालतीकुमारी लिम्बुले विरामी परेको भनी बिदा लिएका थिए । आफूभन्दा ज्येष्ठ सदस्यले बिदा लिएपछि आफैंले केहीबेर मात्रै बैठकको अध्यक्षता गरेको भन्दै उनले पार्टीको ह्वीप पनि बाध्यकारी भएको दाबी गरेका छन् ।

कांग्रेसले सबै सदस्यलाई विश्वासको मत व्यक्त गर्न ह्वीप जारी गरेको तर त्यसपछि उपसभामुख सृजना दनुवारले विरामी परेको भनी आफूलाई बैठकको अध्यक्षता गर्न तोकिएको पत्र दिएकाले आफूले सभाको अध्यक्षता गर्नुपरेको उनको जिकिर छ ।

‘मैले अध्यक्षता गरेको समयमा विश्वासको मतमा हस्ताक्षर गरेको नभई गीता तिम्सिनाले अध्यक्षता गरेको समयमा मत विभाजन प्रक्रियामा हस्ताक्षर गरेको हुँ’ उनले लिखित जवाफमा भनेका छन्, ‘मैले आफ्नो मताधिकार प्रयोग गरेको मात्र हो । मैले हिक्मत कार्कीको कुनै कानुनी, संवैधानिक हक अधिकार हनन गरेको छैन ।’

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल