विराटनगर,१८ भदौ । नेपाल हक्की संघ मोरङका अध्यक्षमा प्रकाश दाहाल चयन भएका छन् । आइतबार भएको नेपाल हक्की संघ मोरङको अधिवेशनबाट अध्यक्षमा दाहाल चयन भएका हुन् । संघको उपाध्यक्षमा पासनकुमार तामाङ र सचिवमा अञ्जु दाहाल चयन भएका छन् ।
यस्तै सदस्य तर्फ पारस थापा, जीवन तिम्सिना, अनुराज पाठक, विनोद खड्का, अशोक कुमार यादव, सुधीर थापा र परिमल सुधासु,विद्याकुमार पोखरेल चयन भएका छन् । संघले हरेक वर्ष विराटनगरमा गिरिजाप्रसाद कोइरालाको स्मृतिमा हक्की प्रतियोगिता गराउदै आएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस विराटनगरका नगर अध्यक्ष दीपक चापागाई ,खेल क्षेत्रका अगुवा व्यक्तित्व वसन्त अर्याल, रामबाबु पासवान, अनुज बानियाँ,लगायतको सहभागिता रहेको थियो ।