Birat Post बिहिबार, भाद्र १४, २०८० मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,१४ भदाै । विराटनगर-८ स्थित अमर टाेलमा अज्ञात समुहले माेटरसाइकल चाेरी गर्न नसकेपछि  आगजनी गरेर हिडेकाे छ । तुलसी देवी ठकुरीकाे घरमा राखिएको मे १० प २६१६ निलाे रंगकाे पल्सरमा बिहीबार गएराती अज्ञात समुहले आगाे लगाएको हाे ।
६ फिट अग्लाे वाल नाघेर चाेरी गर्ने नियतका साथ छिरेका चाेरहरूले माेटरसाइकलकाे ट्याङ्की वाट पहिले पेट्रोल निकालेर वाेतलमा भरेको पाइएकाे छ । यस संगै माेटरसाइकल चाेर्न असम्भव देखिएपछि आगजनी गरेर हिडेकाे प्रारम्भिक अनुमान प्रहरीले गरेकाे छ । उक्त माेटरसाइकल ठकुरीका ज्वाई सुरज हमालले चढ्दै आएका थिए । आगजनीवाट ठकुरीको बरण्डाकाे भागमा जलेर केही क्षति पुगेको छ ।
आगजनी भए संगै अमरटाेलका स्थानीयहरू त्रसित देखिएका छन् । उनीहरूले यथासिघ्र शान्तिसुरक्षा प्रदान गर्न र अपराधमा संलग्नलाई पक्राउ गर्न आग्रह गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख दीपक पाेखरेलले घटनाको विषयमा अनुसन्धान सुरू भइसकेको वताएका छन् । उक्त घटना भए संगै काेशी प्रदेशका सांसद भीम पराजुलीले स्थलगत अनुगमन गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल