विराटनगर,११ भदौ । अम्बे मुरारी सेवा केन्द्र र सन्जिवनी आइकेयर सेन्टरको सयुक्त आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । विराटनगर वडा नं.८ स्थित शुसिक्षा आधारभुत विद्यालयका विद्यार्थीहरुको आँखा जाँच गरिएको हो ।
शिविरमा ३ सय ५० जना विद्यार्थीहरुले आँखा जाँच गरेका छन् । कार्यक्रममा विद्यालयका प्राध्यापक चक्रप्रसाद पोखरेलले आयोजक संस्थालाई धन्यवाद दिएका छन् । अस्पतालको तर्फबाट डाक्टर सत्यनारायण सिह र संतोष कुमार मेहताको टिमले आँखा जाच गरेको अम्बे मुरारी सेवा केन्द्रकी अध्यक्ष भारती पोखरेलले जानकारी दिइन् ।