विराटनगर ,२९ साउन । कोशी प्रदेशसभाको बैठक भदौ १ गते दिउँसो बस्ने भएको छ । प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले बैठकबारे सूचना प्रकाशित गरेका छन् ।
गत असार १४ गते तेस्रो अधिवेशन आव्हान भएको थियो । जसमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने भनिएको थियो । कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि प्रदेशसभाको बैठक त्यस यता बस्न सकेको थिएन ।
कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदले समर्थन गरेर मुख्यमन्त्री बनेका उद्धव थापा चाढैनै विस्वासको मत लिने तयारीमा जुटेका छन् । यही वीचमा कोशी प्रदेशसभाको बैठक डाकिएको छ ।