Birat Post आइतबार, साउन २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ साउन

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गरीबी निवारण र बिकासका काममा प्रदेश सरकारको नीतिगत निर्णयलाई सक्रियताका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारको बिषयगत मन्त्रालयहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे मुख्यमन्त्री थापाले बिविध कारणले अडकिएका कामलाई सचिवस्तर, मुख्यमन्त्री कार्यालय र प्रदेशसभाबाट बाधा अड्काउ फुकुवा गर्दै अघि बढनुपर्ने बताए । प्रदेशस्तरबाट समाधान हुन नसक्ने समस्यालाई संघीय सरकार समक्ष सिफारिस गरेर बाधा अड्काउ फुकाउ गर्नुपर्नेमा मुख्यमन्त्री थापाले जोड दिए ।

मुख्यमन्त्रीको कार्यालयमा आयोजित उक्त समीक्षा कार्यक्रममा मुख्यमन्त्रीको कार्यालय, र्आिर्थक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार बिकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, खानेपानी तथा उर्जा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक बिकास मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिवहरुले आ–आफ्नो बिषगत मन्त्रालयको प्रगति बिवरण, समस्या र समाधानका उपायहरुका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

त्यसै गरी प्रदेश लोकसेवा आयोग र प्रदेशसभा सचिवालयका सचिवहरुले पनि आ–आफ्ना निकायका प्रगतिविवरण प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । मुख्यमन्त्रीको कार्यालय तथा मन्त्री परिषद् सचिवालयका प्रमुख सचिव डा. दिपक काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थमन्त्री बाबुराम गौतम, खानेपानी मन्त्री प्रदिप सुनुवार, भौतिक पूर्वाधार मन्त्री कमल जगेबु र स्वास्थ्य मन्त्री निर्मला लिम्बुले आफ्नो मातहतका मन्त्रालय यसका बिषयमा उठेका सवालहरु र समाधानका बिषयमा काम गर्न सचिवहरुलाई निर्देशन दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल