काठमान्डौं,२४ साउन ।
रौतहटको गौर घटनाको छानविनको माग राख्दै भएको आन्दोलन संगै उत्पन्न पछिल्लो परिस्थिती संगै झस्केका जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारलाई दिएको समर्थन छोड्ने स्थितिमा पुगेका छन् । यादवले एक सार्वजनिक कार्यक्रममा सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने धम्कि समेत दिइसकेका छन् ।
यो संगै प्रधानमन्त्री प्रचण्ड राप्रपा नेपाललाई सरकारमा ल्याउने योजनामा लागेका छन् । प्राप्त जानकारी अनुसार यादवले यो विषयमा चित्त नवुझाए राप्रपाले सरकारमा आउन सक्ने गरेको संकेतलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्ने छन् ।
यसो हुदा कोशी प्रदेश सरकार निर्माणमा भइरहेको समस्या समेत हल हुने छ । नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले विश्वासको मत लिने तयारीमा छ । थापा नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्ने निश्चित छ । यद्यपी राप्रपा सरकारमा आए झन सजिलो बन्ने नेताहरुको दाबी छ ।यसो हुदा कोशी सरकारको स्थिरता समेत हुनेछ ।