काठमाडौं, २३ साउन । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई विभूषण लिलामीमा नराख्न चेतावनी दिएको छ ।
उनले पाएको कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामीका लागि भन्दै पुनले सामाजिक सञ्जालमा अपलोड गरेका थिए । त्यसको केही दिनमै आज गृहले लिलामीमा नराख्न चेतावनी दिएको हो ।
गृहको विभूषण तथा सभा समारोह शाखाले उनलाई पत्रमार्फत विभूषण लिलामीमा नराख्न र राखे रद्द गरिने चेतावनी दिएको छ ।
पुनले केही दिन अगाडि एक अन्तरवार्तामा आफुले घरपनि वनाउन नसकेको र पोखरमा परिवारहरु वस्ने गरेको बताएका थिए ।