Birat Post सोमबार, साउन २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न सहमति, सहकार्य आवश्यक रहेको बताएका छन्।

सोमबार विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित वारुणयन्त्र तथा पिकअप भ्यान हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री थापाले प्रदेशमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्न दलहरु मिलेर बढ्नुको विकल्प नभएको उल्लेख गरेका छन् ।

प्रदेशमा अहिलको सरकार कामचलाउको अवस्थामा रहेको बताएका मुख्यमन्त्री थापाले सरकारलाई स्थिरता दिनका लागि सबै दल एकस्थानमा उभिनु आवश्यक भएको प्रस्टाएका हुन्।

प्रदेश सरकारले पूर्णता पाउन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले कामचलाउ कै रुपमा अहिले सरकार जनताको सेवामा खटिएको बताए।

पछिल्लो समय प्राकृतिक विपद्, डेङ्गी संक्रमण, पशुमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि प्रदेश सरकारको तर्फबाट स्थानीय तहलाई निरन्तर सहयोग गर्ने उनले बताए। मुख्यमन्त्री थापाले भने, ‘डेङ्गी संक्रमण बढ्दै गएकोमा हामी पनि सचेत छौँ। यसको नियन्त्रणका लागि विभिन्न कार्यक्रम गरिरहेका छौँ। डेंगुको संक्रमणसँगै विपद् जोखिमको लागि विभिन्न स्थानमा संचालित कोभिड अस्पतालमार्फत सेवा दिने तयारी गरिएको छ।’

कार्यक्रममा मुख्मयन्त्री थापाले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र संचालनको लागि ताप्लेजुङको फुङलिङ नगरपालिकालाई दमकल तथा पिकअप भ्यान मेयर अम्मिर मादेन र उपमेयर हिमादेवी ओझालाई हस्तान्तरण गरेका थिए। आन्तरिक मामिला मन्त्रालयले हस्तान्तरण गरिएको वारुणयन्त्र ७३ लाख ७५ हजार रुपैयाँ र पिकअप भ्यान ३७ लाख रुपैयाँमा खरिद गरिएको जनाएको छ।

मन्त्रालयका सचिव सुरेश राउतका अनुसार अत्यावश्यक केन्द्रले १४ जिल्लामा सेवा प्रदान गर्ने सरकारको योजनाअनुरुप सहयोगका कार्य अघि बढाइरहेको बताए।
मुख्यमन्त्री अति आवश्यक सेवा कार्यक्रम मार्फत आन्तारिक मामिला मन्त्रालयले हाल सम्म १६ वटा दमकल र १४ वटा पिकअप गाडी वितरण गरिसकेको छ । चालु आर्थिक बर्ष ०७७/७८ बाट दमकल र गाडी वितरण गरिदै आएको हो ।
चालु आर्थिक बर्षदेखी मन्त्रालयले २ वा २ भन्दा बढी पालिकालाई केन्द्रित गरि दमकल वितरण गर्ने योजना बनाएको छ । भूगोल र पालिकाको अवस्था हेरेर दमकल वितरण गर्ने लक्ष्य मन्त्रालयको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दैवी प्रकोपबाट हुने जनधनको क्षतिलाई रोकथाम गर्न प्रदेश सरकारले उपलब्ध गराउने दमकलको सेवाले जनताहरुमा राहत मिल्ने बताए ।

यो दमकल पाहाडी जिल्लाको लागि अत्यन्तै उपयोगी हुने गरि खरिद गरिएको हो । सानो आकारको दमकल प्रविद्यि मैत्री छ । यसको मूल्य ७३ लाख ५० हजार छ । यस अघि ठूलो आकारको फुङ्गलिङ्ग नगरपालिकालाई हस्तान्तर गर्ने भनि खरिद गरिएको थियो । तर पाहाडी क्षेत्रमा संचालन गर्न अत्यन्तै असहज हुने देखिएपछि उक्त दमकल अन्यत्रै हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

आर्थिक बर्ष ०७७/७८ मै खरिद गरेर लामो समयदेखी मन्त्रालयमा राखिएको टाटा जेनिक पिकअप १ थान गाडी पनि मुख्यमन्त्रीले फुङ्गलिङ्ग नगरपालिकालाई हस्तान्तरण गरे । यो गाडी ३७ लाख ५० हजारमा खरिद गरिएको थियो ।

आन्तरिक मामिला मन्त्रालयले हालसम्म सुनसरीको कोशी गाउपालिका , देवानगन्ज गाउँपालिका , मोरङको कानेपोखरी गाउँपालिका र विराटनगर महानगरपालिका , झापाको कमल गाउँपालिका , ईलामको देउमाई नगरपालिका , पाँचथरको फिदिम नगरपालिका , तेह्थुमको आठराई गाउँपालिका , धनकुट्टाको धनकुट्टा नगरपालिका , खोटाङ्गको खोटेहाङ गाउँपालिका , भोजपुरको रतुवागडी गाउँपालिका , उदयपुरको रौतामाई नगरपालिका , ओखलढुङ्गको सिद्धिचरण नगरपालिका , संखुवासभाको खादवारी नगरपालिका र सोलुखुम्बुको सोताङ्ग गाउँपालिकालाई दमकल तथा पिक अप गाडी प्रदान गरिसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल