विराटनगर,१७ साउन । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् गठन गरेका छन् ।
बुधबार बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै मुख्यमन्त्री थापाले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
माओवादी केन्द्रका नेता बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका छन् । उनले मंगलबार मात्रै सभामुखबाट राजीनामा दिएर मुख्यमन्त्री थापालाई समर्थन गरेका थिए । साथै सिँचाइ तथा ऊर्जामन्त्रीमा कांग्रेसका प्रदीपकुमार सुनुवार र सडक पूर्वाधार तथा भौतिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु नियुक्त भएका छन् । उनीहरूले पनि शपथ लिइसकेका छन्।