विराटनगर ,१५ साउन । आज साउनको तेस्रो सोमबार । देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साझ पख आरती र भजन हुने शिवालयहरुमा भक्तजनहरु पूजा,आराधना गरिरहेका छन् ।
शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले यस दिन उनको पूजा आराधना तथा शुद्ध जल अर्पण गर्नाले आशुतोष भगवान् खुसी हुने विश्वास गरिन्छ ।
नेपालमा धार्मिक आश्थामा बृद्धि भएको र चेतना पनि वढेकोमा धार्मिक अभियन्ताहरु खुसी देखिएका छन् । अभियन्ता अनन्त पराजुली धार्मिक चेतना सनातनीहरुमा पछिल्ला वर्षमा अझ वढेको तर्क गर्छन् ।