Birat Post आइतबार, साउन १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ साउन ।
विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो ।

आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर फेसन शो को तयारी भइरहेको जानकारी दिएको छ । नेपाली फेसन डिजाइनरहरूको कला प्रदर्शन गर्दै उनीहरूको क्षमतालाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले फेसन शो गर्न लागिएको तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् । ‘नेपालमा पनि निकै उत्कृष्ट फेसन डिजाइनरहरू हुनुहुन्छ, हामीसँग भएका डिजाइनरहरूको कलालाई फेसन शो का माध्यमबाट सबैमाझ देखाउने उद्देश्यले कार्यक्रम गर्न लागेका हौं,’ सञ्चालक कटेलले भनिन् ।

फेसन शो का लागि २ पुरुष र १६ जना महिला गरी १८ जना मोडेलहरू छनौट गरिएको छ । तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरन लगाएर उनीहरु र्‍याम्पमा उत्रनेछन् । रनवेमा गरिने प्रदर्शनीका लागि साउनको पहिलो सातादेखि नै मोडेलहरू अभ्यासमा जुटिरहेका छन् । विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजंघा ब्याङ्क्वेटमा फेसन शो गर्ने तयारी भइरहेको छ । कार्यक्रमलाई सफल पार्न स्टुडियोका सञ्चालक बनिसाको संयोजकत्वमा मूल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै, रोमन कटेलको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, रबिन कटेलको संयोजकत्वमा प्रचारप्रसार समिति, यसु बरालको संयोजकत्वमा अतिथि सत्कार समिति र राजिव रिजालको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।

कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरू पनि तनस्काको पहिरन लगाएर प्रदर्शनीमा उत्रने फेसन शो का प्रचारप्रसार समिति संयोजक रविन कटेलले जानकारी दिए । भारतको कोलकतास्थित नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् । यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो भएको दावी गरिएको छ ।

सामान्य सर्वसाधारणदेखि स्थापित भइसकेका राष्ट्रिय कलाकारहरूले पनि तनस्का फेसन स्टुडियोमा तयार भएका ड्रेस लगाउँने गरेका छन् । सीटीईभीटीबाट मान्यता प्राप्त सो इन्स्टिच्यूटले फेसन डिजाइनको डिप्लोमा लेबलको कोर्ष अध्ययन गराउँदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल