Birat Post सोमबार, साउन ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ साउन / स्थानीय बजार प्रवद्र्धनका लागि भन्सार नाकामा कडाइ गर्न विभिन्न सरोकारवाला निकायसित विराटनगर महानगरपालिकाले समन्वय मात्रै गरेको स्पष्ट पारेको छ । विज्ञप्ति जारी गर्दै महानगरले स्थानीय व्यापारी, उद्योगी, व्यवसायीले स्थानीय प्रशासन, प्रहरी, भन्सार, राजस्वलगायतका निकायसित समन्वय गरी भन्सार नाकामा कडाइ गरिदिन पटक–पटक आग्रह गरेअनुसार महानगरले समन्वय गरिदिएको जनाएको छ ।

“स्थानीय व्यापारीले विराटनगरको व्यापार धाराशायी भएका कारण पलायन हुनुपर्ने अवस्था आएको, महानगरसहित राज्यलाई तिर्नुपर्ने कर तिर्न नसक्ने अवस्था सिर्जना भएको, मजदुर र कर्मचारीको तलब दिन गाह्रो भएको भन्दै पटकपटक ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका कारण महानगरले सरोकारवाला निकायलाई बोलाएर भन्सार नाका कडाइ गर्नका लागि समन्वय मात्रै गरेको हो,” विज्ञप्तिमा भनिएको छ, “भन्सार नाकामा कडाइ हुँदा एकातर्फ स्थानीय व्यापार प्रवद्र्धन भई रोजगारी सिर्जना हुन्छ । साथै राज्यको ठूलो धनराशि विदेशिनबाट रोकिन्छ ।” चोरीतस्करी नियन्त्रणका लागि स्थानीय प्रशासनलाई नाकामा थप कडाइ गर्नसमेत महानगरले आग्रहसमेत गरेको छ ।

एक हप्ताअघि महानगरको समन्वयमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, सशस्त्र प्रहरी प्रमुख, विराटनगर भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग संगठन, मोरङ व्यापार संघ, विराट व्यापार संघलगायतका प्रमुख र प्रतिनिधिको बैठकले साउन १ गतेदेखि १ सयभन्दा बढीका सामान आयात गर्दा अनिवार्य रुपमा भन्सार महसुस र अन्य राजस्व तिर्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार साउन १ गते सोमबारदेखि स्थानीय प्रशासन, प्रहरी र भन्सार कार्यालयले नाकामा कडाइ गरेको छ । यद्यपी जनस्तरवाट भने यसको विरोध हुन थालेको छ ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल