काठमाडौँ,१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि धार्मिक पदयात्रा कार्यक्रममा सहभागी भएका लिङ्देनले यस्तो बताएका हुन्।
उनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए।
लिङदेनले सनातन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उदेश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए।
उनले शान्तिपूर्ण बाटोबाट नेपालमा हिन्दुराष्ट्र पुन: स्थापना आफूले चाहेको बताए।