Birat Post बिहिबार, आषाढ २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्र पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने निर्णय गरेको बताएका छन् ।

राप्रपा केन्द्रीय समिति, कार्यसम्पादन समिति र बैठकले तयार पारेको विस्तृत कार्ययोजना २०८० सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले ६ महिनाभित्र तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने निर्णय गरेको बताएका हुन् ।

उनले भने, ‘राप्रपा केन्द्रीय समिति, कार्यसम्पादन समिति र बैठकले तयार पारेको विस्तृत कार्ययोजना २०८० अन्तरगत राप्रपाले ६ महिनाभित्र पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्यालाई सुनिश्चित गर्ने भएको छ ।’

यस्तै उनले पार्टीमा युवाहरुको सहभागितामा कमि आएको भन्दै सबै तहमा ४० वर्षसम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउने निर्णय पनि गरेको बताए । उनले भने, ‘पार्टीको सबै तहमा४० वर्षसम्मका युवाहरुको अनिवार्य सहभागिताको व्यवस्था मिलाउने भएको छ । केन्द्रीय कार्य समितिमा ४० तथा कार्यसम्पादन समितिमा ७ जना युवाहरुलाई विभिन्न प्रवृत्तिबाट अनिवार्य रुपमा प्रतिनिधित्व गराउने व्यवस्था मिलाएका छौँ ।’

उनले राप्रपामा अब जनस्तरमा काम नगरी नेता हुन नपाइने व्यवस्था गरिएको भन्दै तोकिएको जिम्मेवारीमा नजाने नेता पदको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था गरेको बताए । उनले ९ सय जना नेताहरुलाई एकैसाथ संगठन विस्तारका लागि भूगोलको जिम्मेवारी प्रदान गर्नुको साथै कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि ७ वटै प्रदेशमा संयोजक तथा सह संयोजकको व्यवस्था मिलाउने बताए ।

अध्यक्ष लिङ्देनले २ वर्षमा सक्रिय सदस्यको संख्या २ लाख पु(याउने लक्ष्यका साथ अगाडि बढ्ने भन्दै विद्यार्थी संगठनलाई राजनीतिक कम शैक्षिक क्रियाकलापमा बढि संलग्न गराउने बताए ।

उनले भने, ‘यी सबै कार्यबाट २ वर्षमा सक्रिय सदस्यको संख्या २ लाख पु(याउने लक्ष्य राखिएको छ । विद्यार्थी संगठनलाई राजनीतिक कम शैक्षिक क्रियाकलापमा बढि संलग्न गराइने छ। शिक्षालाई रोजगारमुखी, वैज्ञानिक, गुणस्तरयुक्त बनाउनको लागि हाम्रो पक्षको विद्यार्थी संगठन क्रियाशिल हुनेछ । र विश्व विद्यालयभित्र राजनीति कम शैक्षिक क्रियाकलापमा बढि संलग्ने हुने व्यवस्था गर्ने छौँ ।’

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल