Birat Post शुक्रबार, आषाढ २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ असार । सनातन युवामञ्च नेपाल विराटनगरले भोकालाई भोजन ,प्यासालाई पानी अभियानको थालनी गरेको छ । कोशी अस्पतालवाट शुक्रबार शुरुवात गरिएको कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका, प्रदेश सभा सदस्य भीम पराजुलीले सुभारम्भ गरेका छन् । उक्त भोजन वितरण कार्यममा वोल्दै पराजुलीले दैनिक एक मन चामल आयोजक संस्थालाई दिने घोषणा समेत गरेका छन् ।

सामाजिक कार्य भएको र यस्ता कार्यक्रम गर्ने संस्थाहरुको समाजमा जरुरत रहेको पराजुलीको धारणा थियो । यस्तै यो कार्यक्रमलाई कांग्रेस युवा नेता अरुण न्यौपाने र विनायक पन्तले सघाउने भएका छन् । उनीहरुले यसका लागि आवश्यक खाद्य सामाग्री प्रदान गर्ने घोषणा गरेका छन् ।

कार्यक्रम अन्तरगत अस्पताल र रोडमा रहेका सहाराविहिनलाई खाना खुवाउने लक्ष्य राखिएको आयोजक सनातन युवामञ्च विराटनगरका अध्यक्ष विकास भण्डारीले जानकारी दिए । आज १ सय १२ जना मानिसले खाना खाएको भण्डारीले बताए । कार्यक्रममा सनातन युवा मञ्चका केन्द्रीय उपाध्यक्ष राजन भट्टराई,कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चन्द्रभाल झा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल