विराटनगर , १६ असार ।
मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आर्दश नेता भएकोले उनको व्यक्त्तित्वलाई सबैले अनुशसरण गर्नुपर्ने बताएका छन ।
१०३ औँ जन्मयन्तीको अवसरमा बोल्दै उपकुलपति पोखरेलले स्वर्गीय नेतामनमोहन सबैको साझा र आदर्श नेतामात्र नभएर अनुकरणीय पनि भएकोले उनको योगदानलाई सबैले अनुसरण गर्नुपर्ने बताएकाहुन ।
स्वर्गीय नेतामनमोहनले प्रधानमन्त्रीका रुपमा नेतृत्व गरेको नौ महिने कार्यकालहालसम्म देशकै रोलमोडल बन्न सफल भएकोमा आफुलाई गर्व लागेको बताए । भारतको स्वतन्त्रताआन्दोलनमा समेत योगदान गरेका नेता मनमोहन प्राविधिक शिक्षापे्रमीभएकोले उनकै परिकाल्पानालाई सार्थक बनाउन मनमोहन पोलिटेक्निक देखी हाल प्राविधिकविश्वबिद्यालय बन्न सफल भएको स्मरण गरे ।
एमटियु ( मनमोहन टेक्निकल युनिभर्सिटी) का रजिष्टार डा दिलनाथ फुँयालले साझा नेता मनमोहन अधिकारीले सधै त्यागलाई प्राथमिकता दिएकोले उनलाई कुनै एउटा पार्टीको चश्मा लगाएर मात्र हेर्नु गलत हुने बताए ।
मोरङ बुढीगंगा गाँउपालिका ४ हात्तीमुढा स्थित प्राविधिक विश्वबिद्यालयमा मनमोहन जयन्तीको अवसर पारेर विश्वबिद्यालयको ईन्जिनियरिङ संकायतर्फको स्नताकतह र आंगिक क्याम्पस पोलिटेक्निक तर्फका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा ईन्जिनियर संकायका डिन प्रा.डा प्रचण्डमान प्रधान , ईलेक्ट्रिोनिक्स विभागिय प्रमुख डा. दिपरत्न डंगोल , निमित्त परिक्षानियन्त्रक भिम काफले र मनमोहन पोलिटेक्निकका प्रिन्सिपल सुदिपअधिकारी लगायतले बिद्यार्थीहरुलाई सम्मानगर्दै प्रमाणपत्र वितरण गरेकाथिए । साथै मनमोहनजयन्तीको अवसरमा विश्वविद्यालयमा बृक्षारोपण समेत गरिएको थियो ।