Birat Post शुक्रबार, आषाढ १५, २०८० मा प्रकाशित

featured photo: Birat Post
विराटनगर, १५ असार । मोरङको लेटाङ नगरपालिकामा रहेको जनचाहना सामुदायिक वन उपभोक्ता समूहले राष्ट्रिय वृक्षारोपण दिवस मनाएको छ ।
सामुदायिक वन समूहको अध्यक्ष श्री खगेन्द्र नेपालको अध्यक्षमा, लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालय, मोरङकाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेको विशेष आतिथ्यतामा वृक्षारोपण कार्यक्रम संचालन भएको थियो ।
‘सन्ततीका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ नाराका साथ वृक्षारोपण दिवस– २०८०  मनाइएको हो ।  शुक्रबार भएको कार्यक्रममा लेटाङ नगर प्रमुख लावतीले नगरलाई हरियाली बनाउने, सरसफाई राख्ने कुरालाई विशेष ध्यान दिने तथा प्राकृतिक श्रोत साधनलाई उचित ढङ्गले प्रयोग गर्ने कुरा बताए ।
त्यस्तै गरी डिभिजन वन अधिकृत   घिमिरेले वृक्षारोपण दिवसको अवसरमा सामुदायिक वनको आलावा अन्य छ वटा सामुदायिक वन, एक साझेदारी वन तथा धेरै निजी वन धनीहरुले वृक्षरोपण गरिरहेको जानकारी दिए ।
यसका लागि डिभिजन वन कार्यालय नर्सरी, सव डिभिजन वन कार्यालय १० वटा लगायत यस कार्यालयको अनुदानमा विभित्र छ वटा निजी नर्सरीबाट उत्पादन भएको बिरुवा नि:शुल्क वितरण भएको उनले बताए । हरियाली प्रवद्र्धन र वृक्षरोपण कार्यमा स्थानीय तहहरुबाट समेत सहयोग भइरहेको र भविष्यमा थप साथ सहयोग पाउने आशा राख्दै वृक्षारोपण कार्य पुण्यको काम भएकोले यसमा सबै जना बिरुवा रोपणमा सहभागी हुन  डिभिजनल वन अधिकृत घिमिरेले आह्वान गरे ।
त्यस्तै गरी सामुदायिक वन उपभोक्ता महासंघ, प्रदेश समितिका सदस्य अग्नी पौडेले सामुदायिक वन उपभोक्ता समूह, डिभिजनल वन कार्यालयका र स्थानीय तहसँगको समन्वय र सहकार्य गरी वन संरक्षण, वन विकास, उपभोक्ता समूहको सुशासनको कार्यहरु अगाडी बढाउनु पर्ने बताए ।  उक्त वृक्षारोपण कार्यक्रममा २५० जना भन्दा बढी सरोकारवालहरु सहभागिता रहेको थियो । मोरङ जिल्लामा यस अवसरमा विभित्र सात वटा सामुदायिक वन, एक वटा साझेदारी वन तथा निजी नम्बरी जग्गामा गरी ११ हेक्टर भन्दा बढी क्षेत्रमा सात हजार ३२२ भन्दा बढी विरुवा रोपण भएको डिभिजन वन कार्यालय, मोरङका वन अधिकृत रामलखन ठाकुरले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल