Birat Post शुक्रबार, आषाढ ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,८ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसलाई प्रभावित पार्ने काम गरिरहेको आरोप लगाएका छन् ।

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी)को सम्पर्क सन्देश विमोचन समारोहमा अध्यक्ष नेपालले काँग्रेसले सरकार चलाएर साथ दिन तयार रहेको भन्दै ओली सत्ता गठबन्धनमा फुट ल्याउने खेलमा लागिपरेको बताएका हुन् । उनले ओलीले कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई ढालेर शेरबहादुरलाई अघि बढाउन अनैकौँ प्रयास गरेको आरोप लगाए।

उनले भने, ‘अहिले पत्रिकामा पढ्नुभएको होला । केपी ओलीले नेपाली कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस् साथ दिन तयार छु भनिराछन् । कस्तो विडम्बना त्यो कम्युनिष्ट पार्टीको चरित्र कस्तो होला । कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डको सरकारलाई ढालेर दलाल पुँजीवादसँग आफूलाई जोडेका छन् शब्दले मात्र । उसैलाई अघि बढाउन अनैकौँ प्रयास गरेका छन् ।’

अध्यक्ष नेपालले आफूहरुले चालिरहेको कदमलाई ओलीले सकारात्मक रुपमा नलिएको भन्दै उनलाई खराब चरित्र भएको व्यक्तिकोरुपमा टिप्पणी गरे ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल