Birat Post सोमबार, आषाढ ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,४ असार । नेपालभर भारतीय फिल्म ‘आदिपुरुष’को प्रदर्शन रोक्ने निर्णय गरिएको छ ।

‘आदिपुरुष’ फिल्मको नेपाल वितरक कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो । निर्णय भएसँगै ‘आदिपुरुष’को नेपालभर प्रदर्शन रोकिएको छ ।

काठमाडौं महानगरपालिकाले आफ्नो नगरभित्र सोमबारबाट प्रदर्शन रोक्ने जनाइसकेको थियो । काठमाडौं महानगरसँगै अन्य पालिकाले समेत ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय भइरहेका बेला नेपाल वितरक कम्पनी ब्यांकटेसले नै नेपालभर प्रदर्शन रोक्ने निर्णय गरेको हो ।

‘आदिपुरुष’मा ‘जानकी भारतकी छोरी’ भन्ने शब्द समावेश गरिएपछि काठमाडौं महानगरले उक्त शब्द फिल्मबाट हटाउन तीनदिनको समय दिएको थियो । तर, नेपालमा मात्र हटाएपछि महानगरले सोमबारबाट प्रदर्शनमा रोक लगाएको थियो ।

रोक लगाइएको आधिकारिक पत्र आउनुअघि नै हल व्यवसायीले फिल्म प्रदर्शन रोकेकोप्रति आपत्ति जनाउँदै वितरक कम्पनी ब्यांकटेसले नेपालभरबाट फिल्म उतार्ने निर्णय गरेको हो ।

सम्बन्धित

ताजा अपडेट
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
नेपालमै पहिलो पटक बालविकास सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन हुने
ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल पक्राउ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल