Birat Post मंगलबार, जेठ ०९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,९ जेठ । वाग्मती प्रदेश सरकारले पूराना सार्वजनिक सवारीसाधन संचालनमा रोक लगाएको छ। आइतबार एक सूचना जारी गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेकालाई थोत्रो गर्न आग्रह गरेको छ। वाग्मती प्रदेश सरकारले पूराना सार्वजनिक सवारीसाधनलाई थोत्रो गर्नका लागि आउन निर्देशन दिएको छ।

आइतबार एक सूचना जारी गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेकालाई थोत्रो गर्न बोलाएको हो। पुराना सवारी साधनले वातावरणमा मात्रै नभएर मानिसको प्रतिकुल जिवनमा समेत असर पार्ने भएकाले मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

मन्त्रालयले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ को उपदफा ४ ले यस्तो व्यवस्था गरेको बताएको छ। वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका उपसचिव शंकरराज पाठकले जारी गरेको सूचनामा २० वर्ष पूराना गाडिहरुको हकमा थोत्रो कायम गर्ने भन्ने संघीय सरकारको र प्रदेश सरकारको पनि कानुनमा भएको हुनाले सरोकारवालाहरुलाई सूचना जारी गरिएको बताएका छन्।

यसका लागि सवारी धनीले यातायात कार्यालयहरुमा गएर राजस्व बुझाएर गाडी थोत्रो गर्नुपर्नेछ। त्यसपछि भने ती गाडी चल्न पाउने छैनन्। सार्वजनिक सवारीबाहेक निजी र अन्य सवारीको हकमा भने यो लागु हुने छैन।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल