काठमान्डौं,३० बैशाख । गत बिहिवारदेखी सुरु भएको एमालेको चौथौ केन्द्रीय कमिटी बैठक आजपनि बस्दै छ ।शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो ।
जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए ।
सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल सुरु गरिएको थियो ।आज बस्ने बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ।