काठमाडौँ ,२८ बैशाख । एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाउन नहुने उनको भनाई छ ।
बिहिबार पार्टीको केन्द्रिय कमिटीको बैठकमा बोल्दै ओलीले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान थाल्न र खुट्टा नकमाउन आग्रह गरेका थिए । क्यान्टनमेण्टमा नभएका मानिसहरुका पैसा बुझ्नु ,छलछाम गर्नुपनि भ्रष्टाचार भएको भन्दै ओलीले यस्ता कुरामा अख्तियार किन मौन छ भने प्रतिप्रश्न गरेका थिए ।
अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्नेमा आफुपनि रहेको तर निर्दोषलाई कसरी फसाउने भन्ने षड्यन्त्रहर बुनिए त्यसको कडा प्रतिवाद गर्ने बताए । ओलीले एमालेप्रति बढी लक्षित गरी विभिन्न प्रपोगान्डा बनाएको र त्यसलाइए प्रतिवाद गर्न पर्ने बताए ।