विराटनगर,२८ बैशाख । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यावसायी महामंघका अनुसार यसअघि बुधबार प्रतितोला १ लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
यता, चाँदीको मूल्य भने आज घटेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो।