धनकुटा, २७ बैशाख । धनकुटामा आजबाट सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन खेल आयोजक टिम धनकुटा र पेमा युवा क्लव विराटनगरबीच भएको छ । सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि आठ टिम भिड्दैछन् ।
भारतको सिलगुडीस्थित कञ्चनजंगा फुटवल क्लव, प्लानिङ ब्वाईज क्लब काठमाण्डौ, राष्ट्रिय जागृती फुटवल क्लव सुनसरी, झापा फुटवल क्लव, एपीएफ काठमाण्डौ र विरगञ्ज युनार्यटेड पनि प्रतियोगितामा सहभागि छन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउँने आयोजकले जनाएको छ ।