Birat Post बुधबार, बैशाख २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ बैशाख / नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताएका छन् ।
मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा निर्माण भएको पाथिभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको स्मरण गराए ।

नेता कोइरालाले भने, “सनातनकालदेखि चलिआएका धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन यदि कसैले गरे दण्डनीय हुनेछ भनेर हामीले संविधानमै लेखेका छौं ।” कोइरालाले डाक्टर पढिसकेपछि धर्मपरिवर्तनका लागि आफूलाई पनि प्रस्ताव आएको सुनाए । उनले सनातन हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेको समेत बताए ।

नेता कोइरालाले धर्म, संस्कृति र रीतिरिवाजलाई बचाउन सकेमात्रै मुलुक सभ्य हुने दाबी गरे । “धर्म, संस्कृति र रीतिरिवाज बचाउन नसके सभ्य समाज बन्न सक्दैन,” कोइरालाले थपे, “सभ्य समाज नभई सभ्य र सुसंस्कृति राष्ट्र बन्न सक्दैन ।” उनले भौतिकवादलाई आध्यात्मिकसित जोडेर जानुको विकल्प नभएको समेत उल्लेख गरे । कार्यक्रममा पूर्वमन्त्री रामकुमार लिम्बू, कोशी प्रदेशका पूर्वसांसद लोकप्रसाद संग्रौला, पण्डित रामकृष्ण उपाध्यायलगायतले सनातन हिन्दू धर्मको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए । ४ कठ्ठा २ धुर जग्गामा करिब १ करोडको लागतमा मन्दिर निर्माण गरिएको हो । मन्दिरस्थलमा बुधबारदेखि जेठ ४ गतेसम्म श्रीमद भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल